Logo

ढुंगेललाई ७ दिनभित्र गिरफ्तार गर्न सर्वोच्चको आदेश



काठमाडौं, ३१ चैत । सर्वोच्च अदालतले हत्यामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका नेता वालकृष्ण ढुंगेललाई ७ दिनभित्र गिरफ्तार गर्न प्रहरी प्रमुखलाई आदेश जारी गरेको छ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘फिला चिर्ने’ धम्की सार्वजनिक रुपमा दिएको भन्दै अधिवक्ता डा. दिनेश त्रिपाठीले दायर गरेको याचिकामा डा. आनन्द मोहन भट्टराईको इजलाशले उक्त आदेश जारी गरेको हो।

तर ढुंगेल यतिवेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिसँग नियमति सम्पर्कमा रहेको सूत्रहरुले दाबी गरेका छन् । ढुंगेलले प्रधानमन्त्री दाहालसँग बालुवाटारमा समेत भेटवार्ता गरिरहेको बुझिएको छ ।

ढुंगेललाई पक्राउ गरी जेल हालेपछि अगाडीको कारबाही बढ्ने इजलाशले आदेश दिएको छ। हत्या काण्डमा ८ वर्ष अघि दोषी ठहर गरिएका ढुंगेलको गिरफ्तारी अझै भएको छैन। सर्वोच्च अदालतले ढुंगेललाई द्वन्द्वकालीन मुद्दामा २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद हुने फैसला सुुनाएको थियो।

 



प्रतिक्रिया दिनुहोस्