Logo

माओवादी केन्द्रद्वारा मोर्चालाई निर्वाचनमा भाग लिन आग्रह



काठमाडौँ, ३१ चैत । नेकपा (माओवादी केन्द्र) ले असन्तुष्ट मधेस केन्द्रित दलहरूलाई स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेको छ ।

आज बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले वार्ता र संवादबाट समस्याको समाधान गर्दै निर्वाचनमा सहभागी हुन मधेस केन्द्रित दललाई आग्रह गरेको हो ।

“सरकारले मधेसी मोर्चाको मागअनुसार नै नयाँ संशोधन प्रस्ताव दर्ता गरेको छ, हिजोसम्म संविधान संशोधन परिमार्जन भन्ने तर आज परिमार्जनसहित दर्ता गरिसकेपछि मधेसी मोर्चाले अस्वीकार गरेको छ, त्यसबारे हाम्रो पार्टीमा गम्भीर ढङ्गले ध्यानाकर्षण भएको छ”, माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भन्नुभयो ।

पार्टीले समग्र स्थानीय तहको निर्वाचनको तयारी, नेता तथा कार्यकर्ताको सक्रियता र उम्मेदवारको चयनलगायत विषयमा समेत छलफल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्