Logo

‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वास्थ’



काठमाडौँ, ३१ चैत । सरकारले जनतालाई स्वास्थ्यप्रति थप जिम्मेवार बनाउन आगामी वर्ष २०७४ लाई ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानका रुपमा मनाउने भएको छ ।

आज आयोजित पत्रकार सम्मलेनमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै सो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिने बताउनुभयो । अभियानको सुरुआत प्रधानमन्त्रीले स्थानीय दशरथ रङ्गशालाबाट गर्ने कार्यक्रम छ ।

मन्त्री थापाले भन्नुभयो, ‘‘अहिले जीवनशैलीमा आधारित रोगहरूको उच्च प्रकोप, समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि हेरचाह र उपचारको खर्चको भारमा वृद्धि, अकाल मृत्यु र अपाङ्गताको वृद्धि भइरहेकाले जीवनशैलीमा सामान्य परिवर्तनबाट यो अवस्थालाई आफँैले रोक्न र घटाउन सकिन्छ । यसका लागि अभियानकै रुपमा सरकारसँगै जनतालाई पनि थप जिम्मेवार बनाउन यो अभियान ल्याइएको हो ।’’ रासस



प्रतिक्रिया दिनुहोस्