Logo

लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु हाम्रो प्रमुख कार्यभार : राष्ट्रपति



काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यावेदी भण्डारीले नयाँवर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी नयाँ वर्षको अवसरमा जारी गर्नुभएको शुभकामना सन्दैमा “राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक–सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलार्ई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी रहेको हुँदा हाम्रो देशमा भएको प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध एवम् सम्मुनत वनाउने दायित्व हाम्रो काँधमा आएको छ”– सन्देशमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्नुपर्ने बेला भएकाले सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा भनिएको छ,–“लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु अहिले हाम्रो प्रमुख कार्यभार भएकाले यसको सुदृढीकरणमा सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपेक्षा गर्दछु ।” राष्ट्रपति भण्डारीले नयाँ जोश, उमङ्ग र उत्साहसहित मुलुक र मुलुकवासीमा नयाँ वर्ष २०७४ ले खुसीको सञ्चारसहित सुदृढ राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै शुभकामना प्रकट गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्