Logo

प्रधानमन्त्रीद्वारा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ (फाटोफिचर)



काठमाडौं, १ बैशाख । नयाँ बर्षको नयाँ बिहानी सुरुआतसँगै प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ गर्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालावाट सुरु गरिएको अभियानको झण्डोत्तलन र मंगलधुनका साथ प्रधानमन्त्रीले शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा स्वास्थ्य मन्त्रीसहित विभिन्न मन्त्री, सांसद, सरकारी कर्मचारी, समाजसेवी, विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रम उद्घाटन लगत्तै दशरथ रंगशालावाट सुरु भएको अभियानात्मक ¥याली बसन्तपुरमा पुगेर समापन भएको थियो ।

देशभर ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

 तस्विर :मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्