Logo

अमेरिकाले अफगानिस्तानको नागहार प्रान्तमा बम खसाल्यो



काठमाडौं, १ बैशाख । अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ ।

जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स’को नाम पनि दिइएको छ ।अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको छ । सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोग भने गरिएको थिएन ।

अमेरिकी रक्षा मन्त्रालयले विद्रोही समूह स्लामिक स्टेट आइएसको क्षेत्रमा यो बम खसालेको बीबीसीले जनाएको छ ।यो बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिट भन्दा धेरै भएको खबरमा उल्लेख छ ।

गएको हप्ता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएपछि यस्तो बम खसालिएको हो । (एजेन्सी)

 



प्रतिक्रिया दिनुहोस्