Logo

“सामाजिक नायक धुर्मुस् हुन्,” : आचार्य



महजोडीद्धारा  सरसफाइका लागि एक लाख रुपैयाँ पनि सहयोगको घोषद्णा 

बर्दिवास, १ बैशाख । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको मुसहर वस्ती स्थानीयलाई हस्तान्तरण गरिएको छ ।

बिहीबार वस्ती हस्तान्तरण गर्दै महजोडीले सरसफाइका लागि एक लाख रुपैयाँ पनि सहयोगको घोषणा गरेका छन् । मदनकृष्ण श्रेष्ठले भने,“यहाँ निर्माण कार्य त सकिएको छ तर यहाँको सरसफाइका लागि भनेर हामीले एकलाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छौं,” ।

हरिवंश आचार्यले सामाजिक काम गर्न साच्चिकै अप्ठेरो भए पनि त्यो काम कलाकार धुर्मुस र सुन्तलीले गरेरै छाडेको बताए । “सामाजिक नायक धुर्मुस् हुन्,” आचार्यले भने, “हामीपछि जन्म भए पनि हामीले सामाजिक अभियन्ताको गुरु भन्दा फरक नपर्ला । सामाजिक काम गर्दा यति धेरै कुरा काट्छन् भन्ने कुरा हामीले जनआन्दोलनका बेला भोगिसकेका छौं ।”

उनले अब मुलुकले यस्तै सामाजिक अभियन्ताबाट नेता जन्माउने दावी गरे । “नेतालाई मात्रै कति गाली गर्नु,” उनले भने, “धुर्मुस सुन्तलीले पार्टी खोलिदिए भने केपी ओली, शेरबहादुर देउवाजस्ता नेताहरु हेर्या हेर्यै हुन बेर छैन ।”

 



प्रतिक्रिया दिनुहोस्