Logo

नयाँ बर्षको अबसरमा मोबाइल किन्दा एप्पल वल्र्डमा उपहार नै उपहार



काठमाडौं, १ बैशाख । लेटेस्ट तथा ब्राण्डेड मोबाइल अन्यत्रभन्दा सस्तो मुल्यमा कारोबार गरेर ख्याती कमाएको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड (मोबाइल वल्र्ड) प्रालिले नयाँ बर्षको अबसर पारी मोबाइल खरिदकर्ताले उपहार नै उपहार पाउने योजना ल्याएको छ ।

सबै ब्राण्डका मोबाइल सबै भन्दा सस्तोमा बिक्री गर्दै नयाँ मोबाइल हबको रुपमा ख्याती कमाएको एप्प्ल वल्र्डमा सामसुङ मोबाइलमा मोडल हेरी ६० प्रतिशत सम्म छुट, युएमआइ र एलजी मोबाइलको खरिद गर्दा अर्को सित्तैमा पाउने, हरेक मोबाइल खरिदमा हात खाली नजाने उपहार, मोबाइल एक्सचेन्ज अफर लगायतका कम्प्लिट मोबाइलको सोलुसन लिएर आएको एप्पल वल्र्ड न्यु मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

एप्पल वल्र्डलाई कम्प्लीट मोबाइल सोलुसन गर्ने हबको रुपमा अगाडी बढाइरहेको बताउँदै निर्देशक ग्लाइडरले ६० प्रतिशत सम्म छुट पाइने यो योजनाबाट भरपुर फाइदा लिन ग्राहकहरुलाई अनुरोध गरेका छन् ।

दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले नयाँ प्रबिधी मार्फत फुटेको डिस्प्ले बनाउने र ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने ब्यबस्था गरेको छ ।

नयाँ बर्षमा उपहार आदान प्रदान गर्न र एसइइ परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई यो उपहार योजनाले फाइदा पुग्ने निर्देशक संगम राइको बिश्वास छ । एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्श लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एशोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ ।

नयाँ बर्षको पहिलो दिन देखि १५ दिन सम्म मोबाइल खरीद गर्ने मध्येबाट लक्कीड्र मार्फत २ जनालाई आइफोन सेभेन र सेभेन प्लस बितरण गरिने निर्देशक संगम राइले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्