Logo

तीन सामुदायिक संस्था र दुई पदाधिकारीलाई सिर्जनशीलता पुरस्कार



जुम्ला, १ वैशाख । गरिबी निवारण कोषका साझेदार संस्थाअन्तर्गत सञ्चालित तीन सामुदायिक संस्था र संस्थाका दुई पदाधिकारीलाई सिर्जनशीलता पुरस्कार प्रदान गरिएको छ ।

समुदायस्तरमा सञ्चालित जुम्लाका ४३७ सामुदायिक संस्थामध्ये संस्थाको नियमित बैठक, सञ्चालन, व्यवस्थापन र हरहिसाब चुस्त दुरुस्त राखेर आर्थिक विकासमा उदाहरणीय काम गर्ने तीन संस्थालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

कर्णाली दिगो विकास प्रतिष्ठानअन्तर्गतको टुँडिखेल सामुदायिक संस्था खलङ्गा, सूर्य सामाजिक सेवा सङ्घअन्तर्गतको समाज कल्याण सामुदायिक संस्था पटमारा–९ जुम्ला र काफलचौर सामुदायिक संस्था बुम्रमाडीचौर–५ जुम्ला सिर्जनशील पुरस्कारबाट सम्मानित भएका हुन् ।

स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले तीनै संस्थालाई रु १५÷१५ हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी, दलित सेवा सङ्घअन्तर्गत सञ्चालन भएका धिता सामुदायिक संस्थाका विष्णु धिताल र हिमाली सामुदायिक संस्था विराट–२ जुम्लाका अमर बुढालाई प्रमुख जिल्ला अधिकारीले प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो । दुवैलाई जनही रु १२ हजार ५०० नगद प्रदान गरिएको थियो ।

पुरस्कृत दुईमा विष्णु धितालले रु १६ हजारबाट सुरु गरेको भँैसी व्यवसायबाट अहिले १४ भैँसी पु¥याउनुभएको छ भने अमर बुढाले रु ३५ हजारको पाँच भेडाबाट १२५ भेँडा पु¥याएर उदाहरणीय काम गर्नुभएको छ । सामुदायिक संस्थामा रही उल्लेख्य काम गर्नुभएकाले उहाँहरुलाई पुरस्कृत गरिएको गरिबी निवारण कोष जुम्लाका कार्य प्रबन्धक कृतिबहादुर खातीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्लामा मात्रै चार साझेदारी संस्थाको सहजीकरणमा सञ्चालित ४३७ सामुदायिक संस्थामा रु ३५ करोड लगानी भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्