Logo

गण्डकी र धवलागिरि अञ्चलका १० जिल्लामा करदाताको सङ्ख्यामा वृद्धि



पोखरा, १ वैशाख । आन्तरिक राजस्व कार्यालय पोखराअन्तर्गतका गण्डकी र धवलागिरि अञ्चलका १० जिल्लामा करदाताको सङ्ख्यामा वृद्धि भएको छ ।

गएको मङ्सिर १ गतेसम्म एक लाख नौ हजार २८८ करदाता रहेकामा पाँच महिनामै झण्डै छ हजार करदाता बढेर करदाताको सङ्ख्या एक लाख १५ हजार ४७७ पुगेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा रु चार अर्ब ७४ करोड ६९ लाख ४८ हजार राजस्व सङ्कलन गरी १०७ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

सो अवधिमा रु चार अर्ब ५० करोड ३८ लाख ३६ हजार उठाउने लक्ष्य राखिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot