Logo

सत्तारुढ घटकवीच छलफल, मोर्चा नआएपनि निर्वाचन नरोकिने



काठमाडौं, १ बैशाख । मधेशी मोर्चालाई फकाउनको लागि सत्तारुढ घटक काँग्रेस, माओवादी केन्द्र र राप्रपाका शीर्ष नेताहरुवीच आज छलफल भएको छ ।

सरकारले ल्याएको नयाँ संशोधन विद्येक अस्विकार गर्दै आन्दोलन घोषणा गरेको मोर्चालाई जसरी पनि सहमतिमा ल्याउनको लागि सरकारले अझै प्रयत्न गर्नेबारे आजको बैठकमा छलफल भएको स्रोतले जनाएको छ ।

शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापा उपस्थित् थिए । उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापाका अनुसार मोर्चालाई संशोधनमा अझै कसरी सहमतिमा ल्याउन सकिन्छ भन्नेबारेमा आजको बैठकमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालले मुलुक निर्वाचनमा गैसकेकोले अब कुनैपनि हालतमा निर्वाचनबाट ब्याक हुन नसक्ने बताएका थिए । त्यस्तै उनले मोर्चा निर्वाचनमा नआएपनि चुनाव नरोकिने दाबी गरे । प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मोर्चालाई सहमतिमा ल्याउनको लागि धेरै पहल भैरहेको छ, उहाँहरु सहमतिबाट भागिरहनुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्