Logo

स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा रोकिँदैन : खनाल



काठमाडौँ, १ वैशाख । नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले आगामी स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिने बताउनुभएको छ ।

एमालेनिकट नेपाल निजामती कर्मचारी सङ्गठनका नेता भोलनाथ पोखरेलले नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिने र एमालले रोक्न नदिने बताउनुभयो ।

वरिष्ठ नेता खनालले निर्वाचन भाँड्नका लागि अनेक ढङ्गले लागेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई सबैले परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधान कार्यान्वयन, देशमा शान्ति, स्थायित्व र विकासका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको र सोही अनुसार निर्वाचनको तयारी गर्नका लागि आफ्ना कार्यकर्तालाई निर्देशनसमेत गर्नुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठनका नेता पोखरेलले श्रमिक कर्मचारी हकहितका लागि कर्मचारी सङ्गठन आवश्यक रहेको बताउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्