Logo

एमाले सल्लाहकार परिषद पदाधिकारी : निर्वाचन घोषणा पत्रमाथि ३५ बुँदे सुझाव समेत प्रस्तुत



काठमाडौं, १ बैशाख ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकले उपाध्यक्षमा खगराज अधिकारी र सचिवमा राजेन्द्र गौतमलाई चयन गरेको छ ।

बिहीवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको परिषद् बैठकले नयाँ परिस्थितिमा पार्टीले लिनु पर्ने नीतिबारे समीक्षा गर्दै निर्वाचन घोषणा पत्रमाथि ३५ बुँदे सुझाव समेत प्रस्तुत गरेको छ ।

पार्टीलाई आन्तरिक रुपमा सुदृढ र एकतावद्ध बनाउँदै लाग्न, निर्वाचन मार्फत एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न र चुनावका मुखमा हुने अराजक गतिविधि नियन्त्रण गर्न पनि बैठकले पार्टीलाई सुझाव दिएको छ ।

यस्तै बैठकले संसदमा सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकले स्थानीय तहका प्रतिनिधिको अधिकार खोस्ने र जनताका अधिकार कुण्ठित गर्ने मनसाय राखेकाले त्यसलाई कुनै पनि हालतमा स्वीकार नगर्न पार्टीलाई सुझाव दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्