Logo

राष्ट्रिय झन्डा महोत्सव, स्वाभिमान र एकताको सन्देश प्रवाह



नेपालगन्ज, १ वैशाख । कार्यक्रममा सहभागी सबैले ‘सयौँ थुँगा पूmलका हामी एउटै माला नेपाली, सार्वभौम भई पैmलिएका मेची–महाकाली……….’ सामूहिक राष्ट्र गान गाउँदै नेपालको झन्डा फहराएको दृष्य साँच्चिकै अपूर्व थियो ।

अन्तराल संस्थाको संयोजन तथा व्यवस्थापनमा आज स्थानीय रामलीला मैदानमा आयोजना गरिएको नेपाली झन्डा महोत्सवमा सहभागी सबैले राष्ट्रिय झन्डा फहराएर राष्ट्रिय स्वाभिमान र एकताको सन्देश प्रवाह गरेका थिए । महोत्सवमा नेपाल सांस्कृतिक सङ्घका कलाकारले राष्ट्रियता झल्कने गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा राष्ट्रिय झन्डाको ऐतिहासिक महत्व र यसको पृष्ठभूमिका बारेमा अन्तरालका निर्देशक जयनारायण शाहले जानकारी गराउनुभएको थियो । स्थानीय कलाकारले राष्ट्रिय भावना ओतप्रोत हुने नृत्य, सङ्गीत प्रस्तुत गरेका थिए । विमान चालक तथा कलाकार विजय लामा, बाँकेका प्रजिअ रविलाल पन्थ र नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले राष्ट्रिय झन्डालाई सबै नेपालीले शिरमा राख्न सके मात्र मुलुक र देशवासीको स्वाभिमानको रक्षा हुने धारणा राख्नुभयो ।

सरकारीस्तरबाट विभिन्नखाले दिवस मनाउने गरिएको तर राष्ट्रिय झन्डा दिवस मनाउनेतर्पm राज्य उदासीन भएको कुरालाई दृष्टिगत गरी सरकारलाई राष्ट्रिय झन्डा दिवस मनाउनका लागि दबाब दिन प्रत्येक वर्ष झन्डा महोत्सव आयोजना गरिएको शाहले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्