Logo

डबल रोलमा फोरम नेपाल



काठमाडौं २ बैशाख । काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादव मधेसी मोर्चा र संघीय गठबन्धनको बैठकमा अन्य नेताले भन्दा चर्को कुरा गर्छन् । आजको नागरिकमा खबर छ ।

सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति चर्को मात्र होइन, निर्वाचन वहिस्कार गर्ने धम्की दिइरहन्छन् । यता यादवका पार्टीका नेताहरुले भने निर्वाचन आयोगले दिएको समयसीमाभित्रै आयोगमा टिकट वितरणमा पार्टीको नमुना हस्ताक्षर बुझाएका छन् । मधेसी मोर्चामा आवद्ध अन्य ६ दलले भने आयोगमा आधिकारिक हस्ताक्षर बुझाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्