Logo

निर्वाचनका लागि दलीय तयारी फितलो



काठमाडौं २ बैशाख । स्थानीय तह निर्वाचन आउन २९ दिन बाँकी रहँदा निर्वाचन आयोगले तयारी तीव्र बनाए पनि दलहरु भने अझै मतदातासम्म पुग्न सकेका छैनन् । स्थानीय निर्वाचनको चटारोमा दलका कार्यकर्ता सक्रिय देखिए पनि मतदातासम्म भने अझै पुग्न सकेका छैनन् । दलहरु उम्मेदवार छनोट मै केन्द्रीत छन् ।

जिल्लादेखि केन्द्रीय निर्वाचन आयोग कार्यालय समेत निर्वाचनको चटारोमा लागिरहँदा दलका लागि महत्वपूर्ण मानिने मतदातामात्रै होइन, उम्मेदवारका आकांक्षी समेत स्थानीय तहको अधिकारका सम्बन्धमा अनविज्ञ झैं देखिन्छन् ।

दलहरुमा चुनावीसभा प्रदेशस्तरीय र सहर केन्द्रीत मात्र बन्दा मतदाता शिक्षा अभियान सुरु नै हुन सकेको छैन । मतदान कसरी गर्ने भन्ने अन्योल पनि कायम छ । –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्