Logo

कानुनविपरीत निर्माण भएको घरमा राष्ट्रपति



काठमाडौं २ बैशाख । राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको खुलाशा भएको छ। यो खबर हामीले आजको नेपाल समाचारमा मधुसुदन रायामाझीले लेखेका छन्। भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको हो। संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण गर्नुका साथै शहरी विकास तथा भवन निर्माण विभागले गर्नुपर्ने डिजाइनसमेत कन्सल्टेन्सीमार्फत् गराइएको पाइएको छ । नियम अनुसार राष्ट्रपति निवास र निर्माणको काम शहरी विकास विभागले गर्नुपर्ने थियो। तर राष्ट्रपति कार्यालयले विभागलाई जानकारी नै नदिइ कन्सल्टेन्सीमार्फत डिजाइन गर्नुका साथै भवन निर्माणका लागि ठेक्कासमेत आफैंले गरेको स्रोतले बतायो। –



प्रतिक्रिया दिनुहोस्