Logo

नयाँ शक्ति र संघिय समाजवादी एकता अन्तिम चरणमा, नयाँ नाम र झण्डामा छलफल



काठमडौं २ बैशाख । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । बैशाख १० सम्म पार्टी एकता गर्नेगरि दुईदलबीच छलफल अघि बढेको छ ।
एकतापछि बन्ने नयाँ पार्टीको नाम दुवै पार्टीको नाम मिलाएर बन्नेछ । नयाँ पार्टीको नाम ‘नयाँ शक्ति संघीय समाजवादी, नेपाल’ राख्ने प्रस्ताव गरिएको छ । कार्यदलले नाम झण्डा र कार्ययोजना बनाउने काम गरिरहेको छ । दुवै पार्टीका तर्फबाट कार्यदल गठन गरेर कार्यदलले छलफल गरिरहेको छ ।

नेताले भने, ‘कि दुवै पार्टीको नाम मिालउाँ, कि कुनै नयाँ नाम प्रस्ताव गरौं भनेर हामीले धारणा राखेका छौं, नयाँ शक्तिका साथीहरुले नयाँ शक्तिलाई नै निरन्तरता दिन प्रस्ताव गर्नुभएको छ ।’ समाजवदीका एक नेताले भने ।  ‘हामी नामदेखि पार्टीको विधान र नेताहरुको समायोजनको बारेमा अन्तिम गृहकार्यमा छौं,’ वार्तामा सहभागी नयाँ शक्तिका नेता देवेन्द्र पौड्लले भने, ‘हामी सम्भावित नामहरुको सूचि र पार्टीको विधान तयार बनाएर शीर्ष नेताहरुको बैठकमा प्रस्तुत गर्छौ र त्यहीबाट अन्तिम निर्णय हुन्छ ।’ एकतापछि बन्ने नयाँ पार्टीले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणासँगै नेपालमा लोकतान्त्रिक राजनीतिक आन्दोलनको एउटा चरण आधारभूतरुपमा पूरा भएको समान बुझाई राख्ने बताइएको छ ।
आठ तहको केन्द्रीय निकायहरु रहने नयाँ पार्टीमा महाधिवेशन, संघीय परिषद्, संघीय समिति, संघीय सल्लाहकार समिति तथा पार्टी संरक्षक समिति, संघीय अनुशासन आयोग, संघीय लेखा परीक्षण आयोग, संघीय निर्वाचन आयोग र संघीय विभागहरु रहने व्यवस्था हुनेछ ।
संघीय समिति अर्थात् केन्द्रीय समितिमा एक अध्यक्ष, ३ सहअध्यक्ष, ७ उपाध्यक्ष, ३ महासचिव, ७ उपमहासचिव, ७ सचिव र एक कोषाध्यक्ष रहने र केन्द्रीय समिति ३०१ जनाको रहनेगरी तयारी भइरहेको एक नेताले जानकारी दिए । अध्यक्षमा भट्टराई नै बनाउनेमा संघिय समाजवादी पनि सहमत छ । तर उपेन्द्र यादवको हैसियत र स्थानका विषयमा चासो छ ।



प्रतिक्रिया दिनुहोस्