Logo

पत्रकारलाई फोटो तथा भिडियो तालिम



बनियानी (झापा), २ वैशाख । नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा आज पत्रकारलाई एक दिने फोटो तथा भिडियो सम्बन्धी तालिम दिइएको छ ।

बिर्तामोडमा आयोजित तालिममा अमेरिकी प्रोफेसर क्याली होपले पत्रकारलाई उक्त प्रशिक्षण दिनुभएको थियो । प्रो क्यालीले अमेरिकामा ९७ प्रतिशत समाचार भिडियोमाध्यमबाट मानिसले थाहा पाउने गरेको बताउनुभयो । उहाँले प्रशिक्षार्थीलाई भिडियो तथा फोटो कसरी खिच्नेलगायतका बारेमा प्रशिक्षण दिनुभयो ।
तालिममा झापाका ४० जना क्रियाशील पत्रकार सहभागी भएको शाखा सचिव सन्तोष आचार्यले जानकारी दिनुभयो ।

पत्रकार उपचार कोषलाई रु एक लाख दुई हजार सहयोग

यसैबीच, सोही कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका समाजसेवी हर्कलाल गिरी र सञ्चार उद्यमी कुमार भट्टराईले रू ५१÷५१ हजार प्रदान गर्नुभएको छ ।

पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई गिरी र भट्टराईले रु ५१÷५१ हजारको चेक हस्तान्तरण गर्नुभयो । दुर्घटना तथा बिरामी परेको बेला पत्रकारको उपचारमा सहयोग पु¥याउन कोषमा रकम हस्तान्तरण गरेको गिरी र भट्टराईले बताउनुभयो ।

आगामी साउनबाट सञ्चालनमा आउने कोेषको रकम एक करोड बनाउने र कोषको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने महासङ्घले जनाएको छ । पत्रकारहरुले न्यूनतम रू तीन हजार शुल्क तिरेर कोषको सदस्य बन्न पाउनेछन् । रासस



प्रतिक्रिया दिनुहोस्