Logo

आइपिएलमा गुजरात लायन्स र मुम्बई इन्डियन्स विजयी



राजकोट, २ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार भएका खेलमा गुजरात लायन्स र मुम्बई इन्डियन्स विजयी भएका छन् ।

शुक्रबार राति सम्पन्न खेलमा गुजरात लायन्सले राइजिङ पुणे सुपरजाइन्टलाई ७ विकेटले पराजित गरेको हो ।

गुजरातले टस जितेर पहिले ब्याटिङका लागि निम्तो दिएपछि राइजिङ पुणेले ८ विकेटको क्षतिमा १७१ रनको योगफल तयार पारेको थियो ।

१७२ रनको लक्ष्य गुजरातले दुई ओभर बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा गरेको हो । गुजरातका लागि ब्रेन्डम म्याककुलमले सर्वाधिक ४९ रन बनाएका थिए । त्यस्तै ड्वेन स्मिथले ४७ र सुरेश रैनाले अविजित ३५ रन बनाए ।

यसअघि शुक्रबारै भएको पहिलो खेलमा मुम्बईले रोयल च्यालेन्जर बेंग्लोरलाई ४ विकेटले पराजित गरेको थियो । बेंग्लोरले कप्तान विराट कोहलीको ६२ रनको मद्दतमा १४२ रन बनाएको थियो ।

१४३ रनको विजयी लक्ष्य मुम्बइले ७ बल अगावै पुरा गरेको थियो । मुम्बईका लागि किरन पोलार्डले सर्वाधिक ७० रन बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्