Logo

चक्रपथ सफाइ अभियान सुरु, तेइस मेट्रि«क टन फोहर व्यवस्थापन



काठमाडौँ, २ वैशाख । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५ औँ हप्तामा चक्रपथ सफाइ अभियान सुरु भएको छ ।

वाग्मती सफाइ महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले जारी गर्नुभएको १० बुँदे घोषणा पत्र बमोजिम आजदेखि घर, टोल सफाइ अभियान चक्रपथको ग्रिनसिटी अस्पताल अघिबाट सफाइ अभियान सुरु गरिएको हो ।

सफाइको सुरु गर्नुहुँदै सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले घर टोल सफा नभएसम्म नदी नाला सफा नहुने भएकाले यो अभियान सुरु भएपछि उपत्यकाका नदीनाला सफाइमा सहयोग पुग्ने बताउनुभयो ।

पूर्वसचिव एवम् वाग्मती सफाइको संयोजक गरिरहनुभएका किशोर थापाले उपत्यकाका सडक सफा नभए त्यो फोहर नदीमै जाने भएकाले चक्रपथ सफाइ सुरु गरिएको बताउनुभयो । सफाइमा १० मेट्रि«क टन फोहर व्यवस्थापन गरियो ।

यसैगरी उपत्यकाका प्रमुख नदीबाट पनि आज १३ मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइको २०५ औँ हप्तामा आज बुद्धनगरमा सफाइ गरी १० मेट्रि«क टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परेपनि सफाइमा ३०० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।

रुद्रमती सफाइको १६४ औँ हप्तामा रातोपुलदेखि गौशाला हुँदै बत्तीसपुतली राममन्दिरसम्म सफाइ सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरियो । त्यस अवसरमा बाटाको फोहर समेत सफाइ गरिएको थियो । यहाँबाट एक मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ ।

विष्णुमती सफाइको एक सय ३६ औँ हप्तामा तारकेश्वर नगरपालिकाको घलेपुलमा जनचेतनामूलक घरदैलो अभियान चलाइयो । गुह्येश्वरमाथिको वाग्मतीमा ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ र पुडासैनी मैत्री समाजले गरेको एक सय ६६ औँ हप्ताको सफाइमा पनि एक मेट्रि«क टन फोहर व्यवस्थापन गरियो ।

तिलगङ्गा महिला समूहले पशुपति क्षेत्रमा गरेको एक सय १३ औँ हप्ताको सफाइमा पनि जनचेतनामूलक अभियानसहितको सफाइ गरी एक मेट्रि«क टन फोहर व्यवस्थापन गरियो । रासस



प्रतिक्रिया दिनुहोस्