Logo

विद्यालयलाई चार लाखको जग्गा दान



नुवाकोट, २ वैशाख । नर्जामण्डपका एक समाजसेवीले गाउँको प्राथमिक विद्यालयलाई रु चार लाख बराबरको दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

तादी गाउँपालिकास्थित नर्जामण्डपको आलडाँडा प्राथमिक विद्यालयको लागि स्थानीयवासी शेरमान तामाङले विद्यालयको नयाँ भवन निर्माणको लागि दुई रोपनी जग्गा निःशुल्क दिनुभएको हो ।

जग्गाको अभावमा भौतिक संरचना निर्माण गर्न वञ्चित रहेको विद्यालयको लागि तामाङले विद्यालय नजिकैरहेको दुई रोपनी जग्गा जिल्ला मालपोत कार्यालय मार्फत विद्यालयलाई हस्तान्तरण गर्नुभएको प्रधानाध्यापक टीकाराम न्यौपानेले जानकारी दिनुभयो ।

अहिले चार आना मात्र जग्गा रहेको विद्याययको भवन भूकम्पले भत्काएपछि अस्थायी संरचनामा सञ्चालन गर्दा विद्यार्थीको सिकाइमा समस्या हुँदै आएकोमा जग्गा प्राप्त भएपछि दुई कोठे नयाँ भवन बनाउने योजना रहेको प्रअ न्यौपानले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्