Logo

सरसफाई अभियान सम्पन्न (फोटोफिचर)



काठमाडौं २ बैशाख । रत्नपार्कदेखि पुतली सडकसम्मको बागबाजार सडकखण्ड सरसफाई अभियान सम्पन्न भएको छ ।

बागबजार उपभोक्ता कमिटी २८ वडाको आयोजनामा केएमसी क्याम्पस, क्याम्याक स्कुल र निम्स एजुकेशन कन्सलट्यान्सीको सहयोगमा उक्त सफाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बागबजार उपभोक्ता कमिटीका सल्लाहकार गणेश खड्गी, संयोजक पूर्णकाजी खड्गी, महासचिव श्याम खड्गी, कोषाध्यक्ष देवनारायण तण्डुकार, सदस्यहरु जोन खड्गी, पूर्ण नारायण खड्गीले सफाई कार्यक्रममा उपस्थिति जनाएका थिए ।

सफाई कार्यक्रमम केएमसी कलेजका प्रिन्सिपललगायतका विद्यार्थीैहरु, क्याम्याक स्कुलका शिक्षक, शिक्षिका विद्यार्थीहरु र निम्स एजुकेशन कन्सलट्यान्सीका सम्पूर्णका टिमको सहभागी थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक पूर्णबहादुर खड्गीले भने– नयाँ वर्ष २०७४ को आगमनसँगै बागबजारलाई सफा सहर, स्वस्थ जीवन कार्यक्रमलाई निरन्तरता दिने बताए ।

उपभोक्ता कमिटीका कोषाध्यक्ष देवनारायण तण्डुकारले सफा सहर, स्वस्थ जीवन नारालाई अभियानको रुपमा प्रत्येक महिनाको पहिलो शनिबार बागबजार सफाई कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे । सफाई कार्यक्रममा वितरित टि–सर्ट निम्स एजुकेशन कन्सलट्यान्सीले वितरण गरेको थियो ।

तस्विर :मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्