Logo

समाज परिवर्तनका लागि बुद्धको सन्देश आवश्यक



काठमाडौँ, २ वैशाख । भिक्षु ज्ञानपूर्णिक महास्थवीरले २५ सय वर्षअघि भगवान बुद्धले दिनुभएको सन्देश आजको परिवर्तित समयमा पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।

उदाय समाजले भिक्षु तथा अनागारिकाका लागि आयोजना गरिएको सङ्घदान कार्यक्रममा उहाँले अन्धविश्वासमा पिल्सिएको नेपाली समाज परिवर्तन गर्न बुद्धको सन्देश गाउँगाउँमा पु¥याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष रुपज्योति कङ्साकारले बुद्धधर्ममा दानप्रदानको निकै महत्व रहेको र दानबाट पुन्यप्राप्त हुने बताउनुभयो ।

उहाँले समाजमा बौद्धजागरण ल्याउने तथा युवामा मैत्री भावको विकास गर्ने उद्देश्यले सङ्घदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

पञ्चशीलको प्रार्थनाबाट सुरु भएको कार्यक्रममा परित्राण पाठ, भिक्षुहरुबाट धर्मदेशना गरिनुका साथै जलपान दान गरिएको थियो ।

उदाय समाजले कार्यक्रममा २५० भिक्षु तथा अरु २५० अनागारिकालाई भोजन दान तथा चिवरवस्त्र दान गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्