Logo

ढुंगेल अहिले भारतमा छन् भन्ने सूचना छ, हामी जसरी पनि पक्राउ गर्छौं : मन्त्री बानियाँ



काठमाडौं, २ बैशाख । गृहराज्यमन्त्री ईन्द्र बानियाँले सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि फरार रहेका अभियुक्त बालकृष्ण ढुंगेललाई सरकारले खोजिरहेको बताएका छन् ।

शनिबार विहान नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री बानियाँले भने,‘हामी खोजिरहेका छौं, उनी नेपालमा छैनन । भारतमा बसिरहेका छन् भन्ने सूचना हामीसँग छ । तर पनि हामी उनलाई पक्राउ गर्नको लागि पहल गरिरहेका छौं ।’

उनले सर्वोच्च अदालतको निर्णयलाई आफूहरुले जसरी पनि कार्यान्व्यन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । बानियाँले थपे,‘हामीलाई मात्रै होईन, प्रहरी प्रमुखलाई पनि अदालतले पत्र पठाएको छ । उनलाई हामी जसरी पनि पक्रिएरै छाड्छौं ।’

त्यस्तै उनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा चुनावमा नआएपनि सरकारले तोकिएकै मितिमा चुनाव गराएरै छाडन् उद्धघोष गरे । उनका अनुसार सरकारले सेना परिचालन गरेर भएपनि बैशाख ३१ गते नै एकै चरणमा चुनाव सम्पन्न हुनेछ ।

त्यस्तै उनले निर्वाचनलाई सफल बनाउनको लागि सरकारले तीन वटै सूरक्षा निकायलाई निर्देशन दिईसकेको समेत जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्