Logo

चुनाव हुँदैन कि भन्ने आशंकाका बावजुद दलहरु चुनावी तयारीमा



काठमाडौं, २ बैशाख । आसन्न स्थानीय तहको चुनावका लागि प्रमुख दलले आन्तरिक तयारीमा सुरु गरेका छन् ।

स्थानीय तहको चुनाव यही वैशाख ३१ गर्ने घोषणा भएको छ । तर अहिलेसम्म पनि चुनावको आक्रमक प्रसारप्रचार भने देखिएको छैन। यसको प्रमुख कारण भनेको नै अझैपनि दलहरुलाई तोकिएकै मितिमा चुनाव हुँदैन कि भन्ने आशंकाले काम गरेको छ ।

नेपालको राजधानी मानिएको अर्थात राजनीतिको केन्द्रविन्दूमा नै अहिलेसम्म चुनावले छुन सकेको छैन् । उता तराई/मधेशमा भने अलिहेसम्म चुनाव हुने हो कि होईन भन्ने शंका कायम नै छ । चुनावी चहलपहल प्रायः शून्य देखिए पनि प्रमुख ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत आन्तरिक तयारीमा जुटेका हुन् ।

दलहरुमा चुनाव नहुने शंका हुँदापनि तयारीमा जुटेका छन्। उम्मेद्धवारी दिने अन्तिम दिनमा आएर निर्वाचन आयोगले निर्वाचन गराउन सकिँदैन भन्छ कि भन्ने कुराको चिन्ता शीर्ष नेताहरुवीच पैदा भएको ।

यसका बावजुद पनि प्रमुख दल नेपाली काँग्रेसले निर्वाचन नीति बनाउन छलफल थालेको छ । पार्टी नेतृत्वले यसरी चुनावी अभियानलाई तिव्रता पारेपछि यतिवेला गाउँदेखि नगरपालिका र जिल्लामा स्थानीय नेता तथा कार्यकर्ताहरुको ठूलो भीडभाड हुन थालेको छ । चुनावको लागि ठूलो संख्यामा आकांक्षीहरु नेताहरुको घरदैलो धाउनेभन्दापनि जनतामै भिज्न थालेका छन् ।

किनकी हाम्रो देशमा झण्डै दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन गैरहेको छ । नयाँ संविधानले त झनै स्थानीय सरकारलाई धेरै अधिकार प्रदान गरेपछि गाउँपािलका तथा नगरपालिकामा केन्द्रिय स्तरकै नेताहरु प्रत्यासी बन्ने निश्चित छ ।

अब स्थानीय सरकार भनेको स्वायत्त अधिकार सहितको सरकार हो । त्यसैले यसमा चार्म हुनु स्वभाविक होे । नगर प्रमुख, मेयर तथा उप–मेयर पदमा आकर्षण ह्वात्तै बढेको छ । टिकटको लागि सांसदहरुपनि आकांक्षी देखिएका छ ।

प्रमुख दल काँग्रेस मात्रै नभएर दोस्रो ठूलो दल नेकपा एमालेमा पनि स्थानीय चुनावलाई लक्षित गरेर गजबको गुटबन्दी सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली यतिवेला उपचारको लागि थाईल्याण्डामा छन् ।

अध्यक्ष ओलीको अनुपस्थितिको मौका छटोपेर बरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले भने यता गुटगत भेला बोलाउन सुरु गरेका छन् ।

स्थानीय तहमा आफ्नो पकड भए, पार्टी नेतृत्व हडप्न सकिने विश्वासका साथ उपाध्यक्ष गौतमले भने गुटगत भेलालाई आक्रमक रुपमा निरन्तरता दिएको एमाले निकट स्रोतले जानकारी दियो ।

तर संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रमा भने चुनावलाई लिएर कुनै गुटबन्दी देखिएको छैन् । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले एक्लौटी रुपमा पार्टीलाई सञ्चालन गरेका छन्।

स्थानीय चुनावको लागि ठूला दलहरुवीच तालमेलको लागि छलफल समेत सुरु भएको छ । सर्वप्रथम प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले चुनावको लागि तालमेलको नीति अवलम्बन गर्नेगरि विभिन्न दलका शीर्ष नेताहरुसँगको छलफललाई तिव्रता दिएका छन् ।

उनले यो पटकको निर्वाचनमा ८० प्रतिशतमा पार्टीले एकलौटी निर्वाचन लड्ने र बाँकी २० प्रतिशत चाहीँ अन्य दलसँग मिलेर अर्थात तालमेल गरेर चुनाव लड्ने नीति लिएको स्रोतले दाबी गर्यो ।

त्यस्तै चौथो ठूलो दल राप्रपाले पनि चुनावी तालमेलको नीतिलाई खुल्ला राखेको छ । पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले ७४४ स्थानीय तहको निर्वाचनमा झण्डै आधीजति स्थान्मा चुनावी गठबन्धन गर्ने खुलासा गरिसकेका छन् ।

उनले चुनावी तालमेलको लागि सबैभन्दा धेरै संभावना एमालेसँग हुने समेत दाबी गरे। त्यस्तै एमालेबाहेक अन्य जुनसुकै दलसँगपनि तालमेल हुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्