Logo

जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग



काठमाडौँ, २ वैशाख । नेकपा (क्रान्तिकारी माओवादी)ले बृहत् शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग गरेको छ ।

आज एक विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले जनयुद्धकालीन मुद्दाबारे सत्य निरुपण मेलमिलाप गर्नका लागि भनी गठित दुईवटा आयोगमार्फत मेलमिलापको व्यवस्था गर्नका लागि नेपाल सरकारसँग माग गर्नुभएको छ ।

उहाँले हालै सर्वोच्च अदालतद्वारा पूर्व सभासद् बालकृष्ण ढुङ्गेलको जनयुद्धकालीन मुद्दा ब्युँझाएर फैसलासमेत गरी सातदिने पक्राउ पुर्जी जारी गरिएकामा आपत्ति व्यक्त गर्दै बृहत् शान्ति सम्झौताअनुसार मुद्दाहरु तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्