Logo

निर्वाचन विरोधी गतिविधि सशक्त रुपमा अघि बढाउने गठबन्धनको निर्णय



काठमाडौं, २ बैशाख । संघीय गठबन्धनले निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम ल्याउने निर्ण गरेको छ ।

शनिबार संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालय तीनकुनेमा बसेको बैठकले निर्वाचन विरोधी गतिविधिलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

मोर्चाले निर्वाचनमा भाग नलिने निर्णय गरेको केही दिनपछि गठबन्धनले निर्वाचन विरोधी गतिविधिलाई सशक्त ढंगले परिचालन गर्ने निश्कर्षमा पुगेको हो । भोलि विहान वा दिउँसोमध्ये एक समयमा बैठक बसेर आन्दोलनको खाका सार्वजनिक गर्ने भएको छ ।

त्यस्तै आजको बैठकले भने निर्वाचन विरोधी गतिविधिलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ ।

यसअघि बसकेको गठबन्धनको बैठकले हालै सरकारले ल्याएको नयाँ संशोधन विधेयकलाई अस्विकार गर्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्