Logo

चट्याङ लागेर दुई महिलाको मृत्यु



धनकुटा, २ वैशाख । चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । चट्याङ लागेर आज भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया कृष्णा राईको मृत्यु भएको प्र्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिनुभयो ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्