Logo

देशभरी चुनावी रौनक कहाँ कस्तो ?



काठमाडौं ३ बैशाख । राजनीतिक दलले वैशाख पहिलो साता स्थानीय तहको निर्वाचनका उम्मेदवार टुंगो लगाउने तयारी गरिरहँदा टिकट पाउन दौडधुप बाक्लिएको छ । रूपन्देहीका ६ नगरपालिका र १० वटै गाउँपालिकामा उम्मेदवार चयनको अन्तिम तयारी छ । बुटवल, सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडास्तरका उम्मेदवार सिफारिस भएका छन् ।  आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

जिल्लामा एमालेले वैशाख ७ गतेसम्म उम्मेदवार चयन गर्ने जनाएको छ । कांग्रेसले पनि पहिलो साताभित्रै उम्मेदवार तोक्ने तयारी गरे पनि अझैसम्म वडाबाट सिफारिस पुगेको छैन । माओवादी केन्द्रले आइतबारसम्म उम्मेदवारको सिफारिस केन्द्रमा पठाउने तयारी गरेको छ । जनमोर्चा, नयाँ शक्तिलगायत साना दलले भने उम्मेदवार चयन गरेका छन् ।

बुटवलमा कांग्रेस र माओवादीको एलायन्स हुने चर्चा चलिरहेकाले दुई दलले उम्मेदवारका विषयमा सहमति गर्न सकेका छैनन् । कांग्रेस नेतृत्व बुटवलको मेयर माओवादीलाई दिएर अन्य नगरको मेयर लिने पक्षमा देखिए पनि कार्यकर्ताले त्यसलाई अस्वीकार गर्दै बागी उम्मेदवार उठाउने चेतावनी नेतृत्वलाई दिएको एक नेताले बताए ।

एमालेमा पूर्वमेयर भोजप्रसाद श्रेष्ठको चर्चा चलिरहँदा उहाँले इच्छा नदेखाएपछि को उम्मेदवार बनाउने विषयमा व्यापक रस्साकस्सी भएको छ । श्रेष्ठको उम्मेदवारी नहुने देखिएपछि प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं बलियो उम्मेदवारका रूपमा देखिनुभएको छ । शैक्षिक, सामाजिक तथा राजनीतिक पृष्ठभूमिले चर्चामा आएका अन्य उम्मेदवारभन्दा चापागार्इं बलियो रहेको विश्लेषण कार्यकर्ताबीच छ । एमालेबाट बाबुराम भट्टराई र गोपाल रानाको पनि चर्चा छ ।

बुटवल एमाले उपमहासचिव विष्णु पौडेलले निर्वाचन जितेको क्षेत्र हो । तिलोत्तमा नगरपालिका एमालेका उपमहासचिव घनश्याम भुसाल निर्वाचन लडेको क्षेत्र हो भने कांग्रेसका नेता बालकृष्ण खाँड पनि तिलोत्तमाकै हुनुहुन्छ ।
तिलोत्तमा नगरपालिकामा मेयर हुन धेरैले इच्छा देखाएका छन् । तिलोत्तमामा मेयर पदका लागि कांग्रेसका तर्फबाट यमबहादुर खत्री, रोमणि पाठक र कृष्णबहादुर गौतमको नाम चर्चामा छ । तिलोत्तमामा आकांक्षी पाठक २०५४ सालमा आनन्दवन गाविसका अध्यक्ष निर्वाचित हुनुहुन्छ । खत्री पार्टीको गाउँ सभापति हुँदै महासमिति सदस्य र गौतम व्यावसायिक पृष्ठभूमिका व्यक्ति हुनुहुन्छ ।

बुटवलः राजनीतिक दलले वैशाख पहिलो साता स्थानीय तहको निर्वाचनका उम्मेदवार टुंगो लगाउने तयारी गरिरहँदा टिकट पाउन दौडधुप बाक्लिएको छ । रूपन्देहीका ६ नगरपालिका र १० वटै गाउँपालिकामा उम्मेदवार चयनको अन्तिम तयारी छ । बुटवल, सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडास्तरका उम्मेदवार सिफारिस भएका छन् ।

जिल्लामा एमालेले वैशाख ७ गतेसम्म उम्मेदवार चयन गर्ने जनाएको छ । कांग्रेसले पनि पहिलो साताभित्रै उम्मेदवार तोक्ने तयारी गरे पनि अझैसम्म वडाबाट सिफारिस पुगेको छैन । माओवादी केन्द्रले आइतबारसम्म उम्मेदवारको सिफारिस केन्द्रमा पठाउने तयारी गरेको छ । जनमोर्चा, नयाँ शक्तिलगायत साना दलले भने उम्मेदवार चयन गरेका छन् ।

बुटवलमा कांग्रेस र माओवादीको एलायन्स हुने चर्चा चलिरहेकाले दुई दलले उम्मेदवारका विषयमा सहमति गर्न सकेका छैनन् । कांग्रेस नेतृत्व बुटवलको मेयर माओवादीलाई दिएर अन्य नगरको मेयर लिने पक्षमा देखिए पनि कार्यकर्ताले त्यसलाई अस्वीकार गर्दै बागी उम्मेदवार उठाउने चेतावनी नेतृत्वलाई दिएको एक नेताले बताए ।

एमालेमा पूर्वमेयर भोजप्रसाद श्रेष्ठको चर्चा चलिरहँदा उहाँले इच्छा नदेखाएपछि को उम्मेदवार बनाउने विषयमा व्यापक रस्साकस्सी भएको छ । श्रेष्ठको उम्मेदवारी नहुने देखिएपछि प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं बलियो उम्मेदवारका रूपमा देखिनुभएको छ । शैक्षिक, सामाजिक तथा राजनीतिक पृष्ठभूमिले चर्चामा आएका अन्य उम्मेदवारभन्दा चापागार्इं बलियो रहेको विश्लेषण कार्यकर्ताबीच छ । एमालेबाट बाबुराम भट्टराई र गोपाल रानाको पनि चर्चा छ ।

बुटवल एमाले उपमहासचिव विष्णु पौडेलले निर्वाचन जितेको क्षेत्र हो । तिलोत्तमा नगरपालिका एमालेका उपमहासचिव घनश्याम भुसाल निर्वाचन लडेको क्षेत्र हो भने कांग्रेसका नेता बालकृष्ण खाँड पनि तिलोत्तमाकै हुनुहुन्छ ।

तिलोत्तमा नगरपालिकामा मेयर हुन धेरैले इच्छा देखाएका छन् । तिलोत्तमामा मेयर पदका लागि कांग्रेसका तर्फबाट यमबहादुर खत्री, रोमणि पाठक र कृष्णबहादुर गौतमको नाम चर्चामा छ । तिलोत्तमामा आकांक्षी पाठक २०५४ सालमा आनन्दवन गाविसका अध्यक्ष निर्वाचित हुनुहुन्छ । खत्री पार्टीको गाउँ सभापति हुँदै महासमिति सदस्य र गौतम व्यावसायिक पृष्ठभूमिका व्यक्ति हुनुहुन्छ ।

उम्मेदवार छान्ने रस्साकस्सी चलिरहँदा मेयर तथा गाउँपालिकाका अध्यक्षमा महिलाको चर्चा शून्य छ । महिलाहरूले स्थानीय तहको प्रमुख पदमा जाने इच्छासमेत देखाएका छैनन् भने आकांक्षी पनि निकै कम छन् ।

एमालेबाट मोहन चापागार्इं, वासुदेव घिमिरे, शशि पौडेल र खुमाकान्त पौडेलको चर्चा छ । पत्रकारितामा आबद्ध चापागाईं अकोराबको अध्यक्ष छाडेपछि एमाले जिल्ला सदस्यमा निर्वाचित हुनुभएको हो । घिमिरेले शंकरनगर गाउँ कमिटीको नेतृत्व सम्हाल्दै पार्टीको जिल्ला सदस्य बन्नुभएको छ । अर्का आकांक्षी पौडेल व्यावासायिक क्षेत्र र खुमाकान्त पौडेल कानुन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

माओवादी केन्द्रबाट लक्ष्मण खनाल र हेमन्त पाण्डे आकांक्षी रहेको बताइन्छ । दुवै पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । खनाल हालै भएको तिलोत्तमा नगरको अधिवेशनबाट अध्यक्ष निर्वाचित र पाण्डेले यसअघि तिलोत्तमा नगरको इन्चार्जका रूपमा काम गर्नुभएको थियो ।

देवदह नगरपालिकाको मेयरमा कांग्रेसका तर्फबाट हीरा केसी, रामकृष्ण पौडेल र वासु रिमालको नाम चर्चामा छ । एमालेबाट टीकाराम चापागार्इं, नीलकण्ठ पौडेल, धु्रव खरेल, सिद्धिचरण भट्टराई, यम राना, प्रकाश आर्यालले ‘लबिङ’ गरेको बुझिएको छ । माओवादी केन्द्रबाट लेखनाथ न्यौपाने, नमराज पुरी र कृष्ण ढकालले आकांक्षा देखाउनुभएको छ ।

सैनामैना नगरपालिकाबाट एमालेमा चित्र केसी, मीनप्रसाद पौडेल र मीनप्रसाद घिमिरे मेयरको आकांक्षी हुनुहुन्छ । कांग्रेसबाट फणीन्द्र शर्मा, रामबबि चौधरी, रामप्रसाद अधिकारी र रणबहादुर खनालको नाम चर्चा छ । माओवादी केन्द्रबाट नारायण न्यौपानेको करिब निश्चित छ ।

महिला उपमेयरमा सीमित
उम्मेदवार छान्ने रस्साकस्सी चलिरहँदा मेयर तथा गाउँपालिकाका अध्यक्षमा महिलाको चर्चा शून्य छ । महिलाहरूले स्थानीय तहको प्रमुख पदमा जाने इच्छासमेत देखाएका छैनन् भने आकांक्षी पनि निकै कम छन् ।
धेरै महिलाको आकांक्षा उपमेयरमा मात्रै सीमित छ । बुटवल उपमहानगरबाट एमालेकी गोमा आचार्य, सावित्रा अर्याल र विमला पन्थीले उपमेयरमा दाबी गर्नुभएको छ । कांग्रेसबाट रिजन श्रेष्ठ र बालकुमारी भण्डारी एवं माओवादी केन्द्रबाट एलायन्सको सम्भावना भएकाले उम्मेदवारको त्यति धेरै चर्चा गरिएको छैन ।

देवदहका महिलाले पनि उपमेयरमै आकांक्षा देखाएका छन् । एमालेबाट विद्यालक्ष्मी गुरुङ, लक्ष्मी पंगेनी र रेवती घलेको चर्चा छ । माओवादी केन्द्रबाट टीका गौतमले आकांक्षा देखाउनुभएको छ । सैनामैना नगरपालिकामा उपमेयरका लागि कांग्रेसबाट सीता पोख्रेलको नाम चर्चामा छ । माओवादीबाट दीपिका शर्मा र एमालेबाट कमला विक र विना रानाको चर्चा छ । तिलोत्तमाको उपमेयरमा कांग्रेसबाट गंगा शाही, कविता अर्याललगायतको नाम चर्चामा छ । एमालेबाट जिल्ला सचिव जागेश्वरी चौधरी, जिल्ला सदस्यद्वय देवी वाग्ले, जमुना लम्साललगायतले आकांक्षा देखाउनुभएको छ । माओवादी केन्द्रबाट दिलमाया गुरुङ आकांक्षी हुनुहुन्छ ।

‘बहिष्कार गर्नु अधिकारबाट वञ्चित पार्नु हो’
बर्दियाः उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चाले चुनाव बहिष्कार गर्नु नेपाली जनतालाई अधिकारबाट वञ्चित गराउनु रहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बर्दिया सदरमुकाम गुलरियामा आयोजना गरेको भेरी अञ्चलस्तरीय आमसभालाई सम्बोधन गर्दै उहाँले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा सशक्त रूपमा लाग्न निर्देशनसमेत दिनुभयो । मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले हससम्भव प्रयास गरेको र बहिष्कार गर्ने मनसायमा पुगेका मोर्चाका नेतालाई पुनर्विचार गर्न उहाँको आग्रह छ । लामो समयपछि हुन लागेको निर्वाचनमा जनताले मतदान गर्न पाउने अधिकारलाई कुण्ठित पार्न नहुने उहाँको भनाइ छ । नेपाली जनताले आफ्नो भाग्य आफै कोर्न लागेको अवस्थामा विभिन्न बहानामा चुनाव भाँडन नहुने उहाँले बताउनुभयो ।

चुनावी तालमेलको प्रयास
प्युठानः प्युठानका दलहरू चुनावी तालमेलको कसरतका लागि आन्तरिक दौडधुपमा लागेका छन् । विशेषगरी एमाले, राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता चुनावी तालमेलमा व्यस्त देखिएका हुन् ।
तालमेलको विषयमा जिल्ला तहमा ठोस निर्णय भने अझै हुन सकेको छैन । सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुन सक्ने धेरैको अनुमान छ । स्रोतका अनुसार एमाले र राष्ट्रिय जनमोर्चाबीच पनि चुनावी तालमेल हुन सक्ने धेरैको आँकलन छ । गत संविधानसभा निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्र एमालेले जितेकाले स्थानीय तह निर्वाचनमा सबै पार्टीबीच चुनावी समीकरण गरेर एमालेलाई हराउने पक्षमा लाग्न सक्ने धेरैको विश्लेषण छ।

जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा राजमोले हालै आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । गाउँका अधिकांश कार्यकर्ता भने चुनावी तालमेलको विपक्षमा छन् । संविधानमै व्यवस्था गरिएको ‘थ्रेसहोल्ड’का कारण संख्या नपुग्ने भएपछि अस्तित्व रक्षाका लागि समीकरणको पक्षमा राजमो उभिएको अधिकांशको टिप्पणी छ । यता एमालेका नेता÷कार्यकर्ता भने एकल प्रतिस्पर्धा गरी चुनाव लड्नुपर्ने बताउँछन् । ‘सबै पार्टी एकल रूपमा प्रतिस्पर्धा गर्नुपर्छ’, एमाले प्यूठानका अध्यक्ष हुकुमबहादुर खड्काले भन्नुभयो, ‘जिल्लाका सबै स्थानमा एमालेले जित्ने ग्यारेन्टी भएकाले समीकरणको कुरा आएको बुझियो ।’

एमालेले बहुमत लिने त्रासमा अन्य दल समीकरणको दौडधुपमा लागेको उहाँले टिप्पणी गर्नुभयो । ‘कांग्रेस सकभर समीकरण गर्ने मनस्थितिमा छैन’, पार्टीका जिल्ला सचिव देवेन्द्र बर्माले भन्नुभयो, ‘एमाले र राजमोबीच तालमेल हुने चर्चा आएकाले हामीले केही प्रयास मात्र थालेका हौं । आधिकारीक निर्णय केही भएको छैन ।’

तालमेलका विषयमा पार्टीमा आन्तरिक छलफल जारी राखिएको माओवादी केन्द्रका जिल्ला सहसंयोजक कृष्ण अधिकारीले जानकारी दिनुभयो । ‘अझैसम्म आधिकारिक निर्णय भएको छैन’, उहाँले भन्नुभयो, ‘केही दिनमै
टुंगो लाग्छ ।’ आन्तरिक रूपमा निर्णय भए पनि चुनावी तालमेलको चर्चाले दलहरूले उम्मेदवारको नाम अझै सार्वजनिक गर्न नचाहेको स्रोतले जनाएको छ । आन्तरिक रूपमा उम्मेदवारको टुंगो लागे पनि विपक्षीले कस्तो उम्मेवार उठाउँछ भन्ने निर्णयको पर्खाइमा धेरै दल रहेको बुझिएको छ ।

गाउँमा भोट माग्न व्यस्त दल
जुम्ला : गाउँमा चुनावी वातावरण तातेको छ । करिब २० वर्षपछि स्थानीय तहको चुनाव हुने भएपछि राजनीतिक दल गाउँगाउँ पसेका छन् । यसअघि काममा मात्र व्यस्त हुने किसानसमेत चुनावको प्रचारमा व्यस्त छन् । स्थानीय तहको नेतृत्व लिन जिल्लाका प्रमुख दल गाउँ छिरेका हुन् ।

चौतारी, चिया पसल, पँधेरो र कामकाजमा गएका बेला मेलापातमा समेत चुनावकै चर्चा हुन थालेको छ । दलहरू आफ्नो पकड बनाउन गाउँमा व्यस्त छन् । पछिलो चरणमा प्रचारप्रसार गरेर फर्केका दल अब नेतृत्व आफ्नो पक्षमा ल्याउन जनतासँग भोट माग्दै दोस्रो चरणमा गाउँ पसेका हुन् । नेता र कार्यकर्ता मात्र होइन, सर्वसाधारणसमेत आफ्नो पार्टीको पक्षमा भोट माग्न व्यस्त छन् जसले गर्दा चुनावको रौनक सदरमुकामभन्दा गाउँमा बढी देखिएको छ ।

जनताको घरमै सरकारको प्रतिनिधित्व गर्ने स्थानीय तहमा आफ्ना प्रतिनिधि रोज्न जनताले योग्य उम्मेदवार खोजिरहेका छन् । दलहरू पनि गाउँमा लोकप्रिय र जित्न सक्ने उम्मेदवारको चर्चा चलाउन व्यस्त छन् । विशेषगरी जिल्लाका तीन ठूला दल एमाले, कांग्रेस र माओवादी केन्द्रले चुनावी प्रचारप्रसार गर्दै जनतासँग भेटघाटलाई तीव्रता दिएका छन् । चुनाव आउन एक महिना मात्रै बाँकी भएकाले प्रचारप्रसार अभियानलाई तीव्रता दिइएको दलका प्रतिनिधिहरू बताउँछन् । निर्वाचनमा युवा प्रतिनिधिहरूको निकै चर्चा भइरहेको छ ।

नेपाली कांग्रेस जुम्लाका सभापति नरबहादुर शाहीले लामो समयपछि जनताले आफ्नै जनप्रतिनिधि चुन्ने अवसर पाएकाले जनता पनि उत्साहित भएको बताउनुभयो । ‘करिब दुई दशकसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन बने’ उहाँले भन्नुभयो, ‘अब आफ्नै प्रतिनिधि चुन्ने अवसर आएको छ, जनता आतुर छन । हामीले पनि अभियान तीव्र बनाएका छौं, गाउँमा चुनावको लहर नै चलेको छ ।’ पार्टीको साख बचाउन र आफ्ना उम्मेदवारलाई जिताउन आफूहरू गाउँ अभियानमा व्यस्त रहेको एमालेका युवा नेता रतननाथ योगीको भनाइ छ ।
साना दलको चुनावी गतिविधि शून्य
घोराहीः नयाँ संरचनासहित हुन लागेको स्थानीय तह निर्वाचनमा दाङमा ठूला राजनीतिक दलमा चुनावी सरगर्मी बढिरहेका बेला जिल्लामा रहेका साना दलका चुवानी गतिविधि भने सुनसान देखिएको छ । कांग्रेस, एमालेले र राष्ट्रिय जनमोर्चाले जनस्तरसम्म चुनावी अभियानलाई पुर्‍याइरहेको भए पनि अन्य दल भने चुवानी गतिविधिमा देखिएका छैनन् । आन्तरिक रूपमा मात्रै आफूहरू क्रियाशील रहेको साना दलले बताएका छन् । माले, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम, थरुहट, सद्भावना, नयाँ शक्ति नेपाललगायत दलका जिल्लामा चुनावी गतिविधि देखिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्