Logo

मोर्चासहितको गठबन्धन आन्दोलनमा, सरकार अप्ठ्यारोमा



काठमाडौं ३ बैशाख । मधेसी मोर्चासहितको गठबन्धनले स्थानिय तहको चुनाव विथोल्न गाउँदेखि केन्द्रसम्म नै आन्दोलन गर्ने भएको छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय चुनाव विथोल्ने गरि आमहड्तालसम्मका कार्यक्रम गर्ने भएको छ । आन्दोलनका कार्यक्रम आज सार्वजनिक गर्दैछ । दिउँसो पत्रकार सम्मेलनगरि गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गर्ने मोर्चाका नेता लालबाबु रावतले जानकारी दिए । आन्दोलनको सुरु मंगलबारदेखि हुने गठबन्धनले जनाएको छ ।

शनिबारको गठबन्धनको बैठकले वैशाख ५ देखि ३१ सम्मका लागि प्रदर्शन, घेराउ र हड्तालजस्ता कार्यक्रम गर्ने निर्णय गरेको छ । रावलते लाठी जुलुस, भर्ना, हड्तालसम्मका कार्यक्रम हुने जानकारी दिए । संविधान संशोधनको नयाँ प्रस्तावलाई समेत अस्वीकार गर्दै स्थानीय तहको निर्वाचन बहिष्कारको घोषणा गरेको मोर्चाले बैशाख २८ गतेबाट आन्दोलनका कार्यक्रम थाल्ने जनाएको हो । मोर्चाले सरकार विरुद्ध नै आन्दोलनमा जाने निर्णय गरेपछि सरकार अप्ठ्यारोमा परेका छ ।



प्रतिक्रिया दिनुहोस्