Logo

प्रिमियर लिग : टोटनह्याम हट्सपरद्वारा बर्नमाउथ पराजित



काठमाडौं, ३ वैशाख । बर्नमाउथलाई हराँउदै टोटनह्याम हट्सपरले इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको चेल्सीमाथि दबाब बढाएको छ ।

गएराति भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई ४–० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन मौसा डेम्बेले, हिउङ मिन सन, ह्यारी केन र भिनसेन्ट यानसेनले एक/एक गोल गरे ।

जितपछि टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दुरी घटाएर ४ अंकमा सिमित गरेको छ । लिगमा ३२ खेलबाट टोटनह्यामको ७१ अंक छ भने एक खेल कम खेलेको चेल्सीको ७५ अंक छ ।

चेल्सीले आज राति म्यान्चेस्टर युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ । प्रिमियर लिग अन्तर्गत गएराति भएका अन्य खेलहरुमा म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई ३–० ले हराउदा एभर्टनले बर्नलेलाई तथा स्टोक सिटीले हल सिटीलाई ३–१ ले हराएका छन् ।

त्यस्तै वाट्फोर्डले स्वान्सी सिटीलाई १–० ले हराएको छ । क्रिष्टल प्यालेस र लेष्टर सिटी तथा सण्डरल्याण्ड र वेष्ट ह्याम युनाईटेडले २/२ गोलको बराबरी खेलेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot