Logo

स्पेनिस ला लिगा: बार्सिलोनाले विजयी, रियल मड्रिडमाथि दबाब कायमै



काठमाडौं, ३ बैशाख ।स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै दोस्रो स्थानको बार्सिलोनाले उपाधी होडमा रियल मड्रिडमाथिको दबाब कायम राखेको छ ।

बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा रियल सोसिडाडलाई ३–२ ले हराएको हो । बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा पाको एलकेसरले एक गोल गरे ।

रियल सोसिडाडका लागि जाबी प्रिएटो र एक गोल गरे भने बार्सिलोनाका सामुएल उमटिटीले आत्मघाती गोल गरे । खेलका सबै गोल पहिलो हाफमा नै भएका हुन् । १७ औं मिनेटमा मेस्सीले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।

३७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ४२ औं मिनेटमा बार्सिलोनाका उमटिटीले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा आयो । त्यसको दुई मिनेटपछि एलकेसरले गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ मा पुर्‍याए । पहिलो हाफको इन्जुरी समयमा प्रिएटोले रियल सोसिडाडका लागि गोल गरेपछि पहिलो हाफमा खेल ३–२ को अवस्थामा पुग्यो ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र बार्सिलोना ३–२ ले विजयी भयो । जितपछि दोस्रो स्थानको बार्सिलोनाको ३२ खेलबाट ७२ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ७५ अंक छ । ३२ खेलबाट ५२ अंकसहित रियल सोसिडाड सातौं स्थानमा छ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्