Logo

चिनियाँ जङ्गलमा डढेलो, करिब दुई हजार व्यक्ति परिचालित



हारविन (चीन), ३ बैशाख ।  चीनको उत्तरपूर्वमा अवस्थित एक जङ्गलमा शनिबार लागेको डढेलो निभाउन एक हजार दक्ष अग्नि नियन्त्रक अधिकारीसहित सोही सङ्ख्यामा स्वयम्सेवक परिचालन गरिएको छ ।

हेलोङ जियाङ प्रान्तको सान्उ जङ्गलमा बिहान ११ बजेर ४० मिनेटको समयमा लागेको डढेलोले विशाल रुप लिएपछि शनिबार साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी अग्नि नियन्त्रक परिचालित गरिएको हो ।

व्यावसायिक अग्नि नियन्त्रण अधिकारीले जङ्गलमा आगो निभाउने काम सुरु गरिसकेको भए पनि स्वयम्सेवकलाई तयारी अवस्थामा जङ्गलको विभिन्न नाकामा राखिएको छ ।

आगलागीका कारण प्रशासनले पत्ता लगाइसकेको बताए पनि यसबारे विस्तृत केही बताइएको छैन । डढेलोका कारण भएको क्षतिबारे पनि थाहा भइसकेको छैन । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्