Logo

वन्यजन्तु सप्ताहअन्तर्गत चित्रकला प्रतियोगिता



काठमाडौँ, ३ वैशाख । बाइसौँ वन्यजन्तु सप्ताहअन्तर्गत माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ ।

‘युवा अग्रसरता : संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ वैशाख १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत आज माइतीघर मण्डलमा माविस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा काठमाडौँ उपत्यकाका निजी तथा सरकारी ४२ माविका १०४ विद्यार्थीको सहभागिता थियो ।

वन्यजन्तु संरक्षणका लागि युवालाई ज्ञान प्रदान होस् भन्ने उद्देश्यका साथ चित्रकला प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा विद्यार्थीलाई वन र वन्यजन्तु संरक्षणसम्बन्धी चित्र बनाउन लागिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई पुरस्कार दिइने विभागले जनाएको छ । विभागले हरेक वर्ष झैँ यस वर्ष पनि वन्यजन्तु सप्ताह मनाएको हो । रासस



प्रतिक्रिया दिनुहोस्