Logo

बेली डान्सर लिम्बुको नेपाली गीतमा हट डान्स (भिडियोसहित)



काठमाडौँ, ३ बैशाख । लामो समयदेखि बेलायतमा बसेर अन्तराष्ट्रिय मोडलिङ प्रतिस्पर्धामा सहभागिता जनाउँदै आएकी मोडेल तथा बेलि डान्सर अनिता लिम्बुले नेपाली गीतमा बोल्ड डान्स पस्केकी छिन।

अंग्रेजी तथा अफ्रिकन गीतमा समेत अभिनय गरिसकेकी लिम्बुले प्रिती आलेको स्वरमा रहेको ‘मन त नेपाली हो’ भन्ने भिडियोमा सोलो डान्स प्रस्तुत गरेकी हुन्। यो गीतमा लिम्बुको हट एण्ड बोल्ड सिन देख्न सकिन्छ।

निकेश खड्काले निर्देशन गरेको सो गीत अशुसेन लामाले लेखेका हुन्। लिम्बु केही महिना यता नेपालमै छिन्।उनले एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’मा समेत अभिनय गरिसकेकी छिन्।

मिस स्पार्क्लिङ ब्यूटी सो, युके तथा स्विडेनमा मा फस्ट रनर अपको उपाधी तथा ‘अक्सफोर्ड फेसन विक’को दशौं सिजनमा सहभागिता जनाइसकेकी छिन्।

त्यस्तै लन्डन र पेरिसमा सम्पन्न ‘फेस अफ दि ग्लोब’मा पनि उनी छनोटमा परेकी छिन्।



प्रतिक्रिया दिनुहोस्