Logo

देशभरि एकै चरणमा निर्वाचन हुनुपर्छ : पौडेल



काठमाडौं, ३ बैशाख । प्रमुख दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताएका छन् ।

आईतबार नेपाल प्रेस युनियन बागलुङले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता पौडेलले भने,‘तोकिएको मितिमा स्थानीय तहको निर्वाचन नभए देश संकटमा पर्नेछ। उक्त दिन देशभरका सबै केन्द्रमा निर्वाचन हुनु जरूर हुन्छ।’

पौडेलले यदि निर्वाचन तोकिएको मितिमा नभए देश संकटमा पर्ने खतरा रहेकोले यसमा ठूला दलहरु सजग हुनुपर्ने बताए। त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मधेशी मोर्चाको गतिविधिसँग नडराउन समेत आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्