Logo

काठमाडौँमा पाँच लाख ५७ हजार मतदाता



काठमाडौँ, ३ वैशाख । काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय आज स्थानीय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले कार्यालय सञ्चालन गर्दै देश पूरै निर्वाचनमा लागिसकेको अवस्थामा यसमा बाधा पुग्ने काम कसैले गर्ने नहुने बताउनुभयो ।

काठमाडौंँका अन्य १० नगरपालिकामा भने निर्वाचन अधिकृतको कार्यालय रहनेछ । काठमाडौँका नगर क्षेत्रमा निर्वाचन सञ्चालनका लागि आवश्यक पर्ने सामग्री तथा जनशक्ति व्यवस्थापनको काम सोही कार्यालयबाट हुने प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो ।

निर्वाचन समाप्त भइसकेपछि कामपा क्षेत्रका मतपेटिका यसै स्थानमा तथा अन्य नगरपालिकाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइनेछ । काठमाडौँ जिल्लामा करिब पाँच लाख ५७ हजार तथा कामपामा दुई लाख ८४ हजार मतदाता छन् । काठमाडौँमा भएका तीन सय १९ मतदानस्थलमध्ये महानगरमा एक सय ५६ छन् । त्यस्तै काठमाडौँका सात सय ५४ मतदान केन्द्रमध्ये महानगरमा एक सय ७८ केन्द्र छन् ।

काठमाडाँै जिल्लामा सबैभन्दा कम मतदानस्थल भएको नगरपालिका कागेश्वरी मनोहरा नगरपालिका हो । सो नगरपालिकामा १३ मतदानस्थल छन् । त्यस्तै सबैभन्दा कम मतदान केन्द्र भएको नगरपालिका दक्षिणकाली हो जहाँ २३ मतदान केन्द्र छन् । रासस



प्रतिक्रिया दिनुहोस्