Logo

राष्ट्रपति भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने



काठमाडौं, ३ बैशाख ।राष्ट्रपति विद्यादेवी भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने बताएकी छन्।

राष्ट्रपति कार्यालयमा आइतबार कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारसँगको छलफलमा राष्ट्रपति भण्डारीले आफू विदेश भ्रमणमा जाँदा विदा दिन नपर्ने बताएकी हुन्।

‘बैठकमा राष्ट्रपति भारत जाँदा मैले विदा दिने कुरा सुनिएको छ, सरकारले विदा दिन लागेको हो र? भनी सोधेको थिएँ’, राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले भने, ‘उहाँले सरकारले के गर्छ आफूलाई जानकारी नभएको तर विदा दिनु पर्दैन भन्नुभयो।’

राष्ट्रपति भण्डारी भारतको पाँच दिने राजकीय भ्रमणका लागि सोमबार नयाँदिल्ली प्रस्थान गर्दैछन्।



प्रतिक्रिया दिनुहोस्