Logo

पत्रकार धमलाद्धारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता



भारत भ्रमणले द्धिपक्षीय सम्बन्ध प्रगाढ बनाउनेछ : राष्ट्रपति भण्डारी

काठमाडौं, ३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिबाट सुरु हुने आफ्नो ५ दिने भारत भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरेकी छिन् ।

भारत उड्नुअघि रिपोर्टर्स क्लब नेपालका सभापति एवम् पत्रकार ऋषि धमलासँगको कुराकानीमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउने र द्धिपक्षीय सम्बन्धलाई थप मजबदुत र प्रगाढ बनाउन जग बसाल्न फलदायी हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्,‘राष्ट्राध्यक्षको नाताले पनि म द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउन लागिपर्नेछु ।’ उनको यो पहिलो विदेश यात्रा हो ।

त्यस्तै उनले भ्रमण अत्यन्तै राम्रो हुने र सामाजिक, साँस्कृति तथा धार्मिक हरेक हिसावले सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरिन् । उनले तीन करोड नेपाली जनताको प्रतिनिधित्व गरेर आफू जान लागेको बताईन् ।

भेटको अवसरमा क्लबका सभापति ऋषि धमलाले क्लबको १९ औं वार्षिकोत्सवको अवसरमा हालै प्रकाशति गरेको स्मारिका राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे  तस्विर :मुकुन्द कालिकोटे  तस्विर : मुकुन्द कालिकोटे  तस्विर : मुकुन्द कालिकोटे  तस्विर :मुकुन्द कालिकोटे 

त्यस्तै उनले आजमात्रै पूर्वप्रधानमन्त्रीहरुलाई समेत राष्ट्रपति निवास शितलनिवासमा बोलाएकी थिइन् ।

भ्रमणमा जानुअघि उनले पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएर आफ्नो भ्रमणको बारेमा सुझाव लिएकी थिईन् । तर बैठकमा नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल गएनन् । उनको सट्टामा पार्टीका उपाध्यक्ष वामदेव गौतम गएका थिए ।

उता मधेशी मोर्चाका संयोजक एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले भने राष्ट्रपति भण्डारीको आग्रहलाई आग्रह गरेका छन् । यादवले राष्ट्रपति भण्डारीसँग छलफल गर्न नचाहेको स्रोतले जनायो ।

तर राष्ट्रपतिले बोलाएको बैठकमा पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, विजयकुमार गच्छदार भने गएका थिए।

करिब २८ जनाको टोली लिएर भण्डारी भोलि भारततर्फ प्रस्थान गर्दैैछिन् । उनको भ्रमण टोलीमा सबै दलका महिला सांसदहरुको पनि प्रतिनिधित्व हुने छ । भ्रमण टोली समावेशी हुने बुझिएको छ । भारतमा रहँदा उनले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

यता राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सरकारले भोलि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आईतबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै भारत उड्ने दिन अर्थात भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए ।
राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो।राष्ट्रपति भण्डारी ५ दिन भारत भ्रमणका लागि त्यस तर्फ जान लागेकी हुन् ।
भण्डारीको भोलिदेखि हुन लागेको भारतको पाँच दिने राजकीय भ्रमणबाट दुई देशबीचको सदियांैदेखिको आपसी सम्बन्ध थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।
नेपालमा नयाँ संविधान जारी भएपछि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पुग्नुभएका भण्डारीको आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको पहिलोचोटि भ्रमण हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुहुने छ । यस्तै, राष्ट्रपतिले अन्य भारतीय उच्च अधिकारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने छिन् ।

राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा सहभागी हुनुुहुनेछ भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्नुहुने कार्यक्रम छ । यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गरेका थिए । नेपाल गणतन्त्रात्मक मुलुक भएपछि पहिलो पटक छिमेकी राष्ट्र भारतबाट राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण भएको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायननले विसं २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेका थिए ।

अठार वर्षपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा न्यानोपन र व्यापकता आउने तत्कालीन अवस्थामा सरकारले विश्वास लिएको जनाएको थियो । सरकार–सरकार र जनता–जनताबीचको बहुआयामिक र ऐतिहासिक सम्बन्ध रहेको नेपाल र भारतबीच हुने उच्चस्तरीय भ्रमणबाट दुई देशबीच बेलाबखत देखापर्ने उतारचढावलाई न्यून गरी आपसी विश्वास बढाउने काम भइआएको छ ।

यस्तै, नेपालको राजनीतिक परिवर्तनपछि गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवले विसं २०६६ फागुन ३ गतेदेखि तत्कालीन भारतीय समकक्षी प्रतिभा पाटिलको औपचारिक निमन्त्रणामा भारतको राजकीय भ्रमण गर्नुभएको थियो । पहिलो पटक जननिर्वा्चित तत्कालीन राष्ट्रप्रमुखबाट त्यसबेला भएको भारत भ्रमणलाई ऐतिहासिक कोसेढुङ्गाको रुपमा मानिएको छ ।

तत्कालीन राष्ट्रपति डा यादवको राजकीय भ्रमणका बेला द्विपक्षीय हितका केही महत्वपूर्ण सम्झौता भएका थिए । यसका साथै नेपालको भौतिक पूर्वाधारको विकासमा समेत भारतीय पक्षबाट महत्वपूर्ण सहयोगको घोषणा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्