Logo

तोकिएकै समयमा निर्वाचन हुन्छः उपप्रधानमन्त्री थापा



धनगढी, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

कैलालीको टीकापुरमा आज भएको राप्रपाको सेती अञ्चलस्तरीय सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री समेत रहनुभएका थापाले जनताको मताधिकारलाई नरोक्न मधेसी मोर्चासँग आग्रह गर्नुभयो ।

“मधेसी दलसँगको वार्ता र निर्वाचन सँगसँगै हुन्छ,” उहाँले भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्