Logo

‘ब्रा’ र ‘पेन्टी’मा चरेस भेटिएपछि..



काठमाडौं ४ बैशाख । पर्यटक भिसामा नेपाल आएकी टर्किस नागरिक सुयस सेलेन स्वदेश फर्कन विमानस्थलमा पुगिन् । सोमबार दिउँसो ३ बजे प्रस्थान कक्षमा पुगकी उनको साथमा सानो झोला मात्रै थियो ।

प्रहरीले झोला जाँच गर्दा झोला पास भयो । शरीरमा रहेका फलामे बस्तु सबै निकालेर उनले एक्सरे वाकथ्रु गेट पार गरेपछि जाँचमा रहेका प्रहरीलाई शंका लाग्यो आजको नागरिकमा खबर छ ।

उनको संवेदनशिल अंगमा शंस्कास्पद सामान देखिउको थियो । जाँचमा रहेका प्रहरीले उनलाई केही बोक्नुभउको छ भने निकाल्नुहोस् है भने । उनले हाँसेर केही छैन भनेपनि जाँचकीको शंका हटेन ।
अवस्था शंस्कास्पद निस्किएपछि महिला प्रहरीले नजिकै रहेको शरीर जाँच गर्ने स्थानमा लगिन् । करिब १० मिनेटमा महिला प्रहरी फर्किँदा उनको हातमा प्लाष्टिकको पोको थियो, सुयसको मुहार निन्याउरो ।

प्रहरीले उनको भित्री पहिरन ब्रा र पेन्टीभित्र चरेस फेला पारेको थियो । जसको तौल निस्कियो ३ सय २ ग्राम । उनीसँगको सोधपुछपछि सुयसले अर्का युवकको नाम पनि लिइन्, एग्रुनी केमाल । ती युवक पनि टर्की जान विमानस्थलमै रहेको सूचना आएपछि प्रहरी उनको खोजीमा जुट्यो । उनी प्रहरीको जाँच कटेर अन्तिम गन्तव्य कक्षमा विमान चढ्न थालिसकेका थिए ।



प्रतिक्रिया दिनुहोस्