Logo

रहिनन् संसारकै वृद्ध महिला, जो तीन शताव्दीसम्म बाँचेकी थिइन्



काठमाडौं ४ बैशाख । संसारकै सबैभन्दा वृद्ध महिलाको निधन भएको छ । संसारकै वृद्ध महिला इटलीकी एमा मौरेनोको १ सय १७ वर्षको उमेरमा निधन भएको हो ।
एमालाई आधिकारिक रुपमा १९ औं शताब्दीमा जन्मिएर जीवित रहेकी एकमात्रै मानिसका रुपमा मानिन्थ्यो । उनको जन्म २९ नोभेम्बर १८९९ मा इटालीमा भएको थियो । उनले तीन शताब्दीमा जीवन बाँचिन् । यस क्रममा उनले खराब वैवाहिक जीवन, आफ्नो एकमात्रै छोराको मृत्यु, दुई विश्वयुद्ध र इटालीमा ९० भन्दा बढी सरकार देखिन् ।

आफ्ना ८ जना दाजुभाई दिदीबहिनीमा सबैभन्दा जेठी एमा आफ्नो जीवनको लामो उमेर बाँच्नुको राज आफ्नो आमा बाबुको जिन र प्रतिदिन तीनवटा अण्डाको खानुलाई मान्थिन् । जसमा उनी २ वटा अण्डा काँचै खान्थिन् । उनकी आमाको ९१ वर्षको उमेरमा निधन भयो भने केही बहिनीहरु सय वर्षसम्म बाँचेका थिए ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम