Logo

सुदूरपश्चिममा अनलाइन सपिङ सेवा



कञ्चनपुर, ४ वैशाख । सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याइएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय सामान खरिद बिक्रीका लागि इ–कमर्सियल साइट एमबिजियो डटकमको सुरुवात गरिएको हो ।

ग्राहकले बेवसाइटमा नाम रजिस्ट्रर गरेर आफूलाई आवश्यक पर्ने सामानको अर्डर गर्नसक्ने अनलाइन सपिङ सेवाका संस्थापक सन्तोष खत्रीले बताउनुभयो ।

“ग्राहकको समय र पैसा दुवै बचाउने उद्देश्यका साथ अनलाइनमार्फत घरमै बसेर सामान किन्न सकिने र किनिसकेको सामान ग्राहकको हातमा पुगेपछि मात्र पैसा तिर्नुपर्ने व्यवस्था रहेको छ” खत्रीले भन्नुभयो ।

इन्टरनेटको माध्यमबाट सजिलै घरमै बसेर आफूलाई मन पर्ने इलेक्ट्रिोनिक सामान र नयाँनयाँ बजारमा भर्खरै चलेका सामान अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्थाले ग्राहकलाई बजारसम्म पुगेर सामान खोज्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।
रासस



प्रतिक्रिया दिनुहोस्