Logo

राष्ट्रपतिको भ्रमण टोलीको नाम सार्वजनिक(सुचिसहित)



काठमाडौं, ४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छिन् । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सरकारले राष्ट्रपतिको भ्रमणका क्रममा सोमबार सार्वजनिक विदा समेत दिएको छ । राष्ट्रपतिको भ्रमण टोलीमा ३४ सदस्य छन् । राष्ट्रपतिसँगै उनकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत, राष्ट्रपतिका राजनीतिक विज्ञ सुशील प्याकुरेल,विदेशमामिला विज्ञ मदनकुमार भट्टराई, प्रमुख स्वकीय सचिव भेषराज अधिकारी,सांसदहरु किरण यादव,मञ्जु चौधरी, लक्ष्मी पासवान थापा, सीता नेपाली रहेका छन् ।

टोलीमा राजदूत दिपकुमार उपाध्याय र नयाँ दिल्लीस्थित दूतावासका अन्य पदाधिकारी पनि छन् । राष्ट्रपतिको टोलीमा रेडियो नेपाल संवाददाता भुवन आचार्य र नेपाल टेलिजिनका सुरेन्द्र पौडल र बसन्त रुपाखेती तथा राससका संवाददाता भरत केसी सहभागि छन् ।

त्यस्तै टोलीमा पूर्व राज्यमन्त्री चन्दा चौधरी पूर्व सांसद जुली महता,ेपरराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागी पनि सहभागि छन् ।

भारत बसाईका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्नुहुनेछ । उहाँसँग भारतीय उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज लगायतले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ । भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले गुजरात र उडिसा राज्यको पनि भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्कनु हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रपति भण्डारी फिर्ता हुने दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्रीहरुलगातका टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । सोही अवसरमा नेपाली सेनाको टोलीले २१ तोपको सलामी समेत अर्पण गरेका थियो ।



प्रतिक्रिया दिनुहोस्