Logo

प्रचण्डको प्रस्ताव बोकेर नारायणकाजी काँग्रेस र एमाले नेताको घरमा, सत्ता लम्ब्याउने दाउमा प्रचण्ड !



काठमाडौं, ४ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीचको सम्बन्ध अहिले चिसिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवावीच पछिल्लो समय सम्बन्ध सुमधुर नभएको स्रोतले दाबी गरेको छ । खासगरी प्रचण्ड प्रधानमन्त्री बन्नुअघि काँग्रेस र माओवादी केन्द्रवीच भएको सहमति अनुसार यही बैशाख १ गतेबाट काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नुपर्नेथियो, तर परिस्थिति त्यस्तो बनेन् ।

खासगरी सहमति पालना नहुनुको प्रमुख कारण भनेको स्थानीय तहको निर्वाचन देखिएको छ । प्रधानमन्त्री दाहालले तोकिएकै मितिमा चुनाव गराउने र त्यसपछि सत्ताको बागडोर काँग्रेस सभापति देउवालाई हस्तान्तरण गर्ने बुझिएको छ । तर यो वीचमा राजनीतिका नयाँ तरंगहरु पैदा भैसकेका छन् ।

आन्दोलनरत मधेशी मोर्चाले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकलाई ठाडै अस्विकार गरिसकेको छ । त्यस्तै उसले देशव्यापी रुपमा आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरिसकेको छ । यस्तो अवस्थामा तराई÷मधेशमा निर्वाचन नहुने निश्चित बनेको छ ।

बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन मोर्चाले बहिष्कार गरेसँगै सत्तारुढ दलहरुवीच नयाँ खिचातानी देखिएको छ । मोर्चाले अहिले नै सिमांकनको विवाद पनि हल गर्नुपर्ने अडान लिएको छ । सिमांकनको विवाद हल गर्ने सुनिश्चितता नभएसम्म कुनैपनि निर्वाचनमा भाग नलिने उद्धघोष गरिसकेको छ ।

चुनावको लागि केही समय कुर्ने मनस्थितिमा पुगेका काँग्रेस सभापति देउवा भने अब प्रचण्डलाई कुर्ने पक्षमा देखिएका छैनन् । निर्वाचनको बहानामा प्रधानमन्त्री दाहालले सत्ता लम्बयाएको काँग्रेस शीर्ष नेताहरुले गुनासो पोख्न थालेका छन् ।

माओवादी केन्द्रले अहिले राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गर्नुपर्ने भन्दै नयाँ तुरुप फालेको छ । प्रधानमन्त्री दाहालकै चाहना अनुसार नै यो प्रस्ताव बोकेर माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले काँग्रेस र एमाले नेतृत्वहरुसँग गोप्य भेटवार्ता गरिरहेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले अब नयाँ सरकार गठन गर्ने र संघीय संसदको निर्वाचन गराउने भित्री तयारी थालेका छन् ।

राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गर्नको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि ग्रिन सिग्नल दिईसकेको छ । एमालेको रणनीतिपनि जसरी हुन्छ, देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्नु नै हो ।

एमाले नेतृत्वले माओवादी नेता श्रेष्ठसँगको कुराकानीमा प्रचण्डको नेतृत्वमा सरकार बन्ने संभावना भए आफ्नो पार्टीले पूर्ण रुपमा सहयोग गर्ने वचन दिएको छ ।
तर यता काँग्रेस भने माओवादी र एमालेको यो भित्री तयारी देखेर आँत्तिएको छ। उसले अहिले आफ्नो नेतृत्वमा नै नयाँ सरकार बनाउनुपर्ने अडान लिएको छ।

https://reportersnepal.com/2017/04/136511.html



प्रतिक्रिया दिनुहोस्