Logo

विमानस्थलमा राष्ट्रपति भण्डारीलाई अपमान भएको भन्दै भ्रमण छोट्याउने शितलनिवासको तयारी



काठमाडौं, ४ बैशाख । भारत भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विमानस्थलमा भारतीय राज्यमन्त्रीले स्वागत गरेपछि राष्ट्रपति भण्डारीले आफ्नो भ्रमण छोट्याउने बुझिएको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा ५ दिने भ्रमणको लागि सोमबार भारत पुगेकी राष्ट्रति भण्डारीलाई विमानस्थलमा राज्यमन्त्रीले स्वागत गरेपछि नेपालस्थित् राष्ट्रपति निवास शितलनिवासमा गम्भिर समिक्षा भएको स्रोतले जनाएको छ ।

नयाँदिल्लीको ईन्दिरागान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भण्डारीलाई महिला तथा बालबिकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरे लगत्तै राष्ट्रपति भण्डारी आफन्तहरुले आजै भ्रमण छोट्याउनेबारे छलफल गरेको स्रोतले दाबी गर्यो । किनकी भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आउँदा राष्ट्रपति भण्डारी आफै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी थिइन् ।

राज्यमन्त्री राजले स्वागत गरिरहँदा स्वयम् राष्ट्रपति भण्डारी समेत बेखुशी देखिएको तस्विरले जनाउँछ ।

मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत भिआआईपीहरु विमानस्थलमा रिसिभ गर्न पुगेका थिए । तर, भारत सरकारले नेपालका राष्ट्रपति भण्डारीको स्वागतमा राज्यमन्त्रीलाई विमानस्थल पठाएपछि राष्ट्रपति भवन शितलनिवासमा यसबारेमा गम्भिर समिक्षा भएको छ ।

उनीहरुले भारतले राष्ट्रपति भण्डारीको भ्रमणलाई महत्व नै नदिएको झल्किने विज्ञहरुले बताएपछि शितलनिवासले राष्ट्रपति भण्डारीलाई भ्रमण छोट्याउनको लागि आग्रह गरिसकेको छ ।

राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार नयाँदिल्ली गएकी हुन् । भारत बसाइको क्रममा उनले समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी आउँदो शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

तर अब राष्ट्रपति भण्डारी शुक्रबार अघि नै स्वदेश फर्किर्ने बुझिएको छ उनले नयाँ दिल्लीमै महत्वपूर्ण भेटवार्ता गर्ने र संवभत बुधबार नै स्वदेश फर्किने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्