Logo

साहित्य जीवन र जगतमा आधिरित हुनुपर्छ : सांसद शाही



लंकराज धमला : कालिकोट, ४ बैशाख । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम सांसद महेन्द्र शाहीले कर्णालीको भाषा÷साहित्यलाई विराट साहित्यको उपमाले सम्बोधन गरेका छन्।

सोमबार उपन्यासकार नगेन्द्र प्रसाद आचार्यको उपन्यास ‘सेतो फूल’को बिमोचन गर्दै सांसद शाहीले भने,‘कर्णाली नेपाली भाषा साहित्यको उद्गम स्थल हो, यस क्षेत्रको साहित्य जीवन र जगतमा आधिरित भएर रचना भएको हुन्छ, यसको पछिल्लो उदाहरण ‘सेतो फूल’ हो, हामी सबैले साहित्यको विकास गर्नतर्फ लाग्नुपर्छ, साहित्यले सर्जकलाई मात्र चिनाउँदैन भूगोललाई पनि चिनाउँछ, साहित्यको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो ।”

कर्णालीमा कुरिती र कुसँस्कारका रुपमा रहेको छाउपडि प्रथालाई मुल विषय बनाई उपन्यासकार आर्चायले रचना गरेको उपन्यास ‘सेतो फूल’ले समाजलाई सकारात्मक दिशातर्फ निर्देश गर्ने बताउदै सांसद शाहीले अघि थपे,‘सेतो फूलले हाम्रो समाजलाई सकारात्मक बाटोमा हिडाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु, यस कृतिले सर्जकलाई पनि उत्तिकै चिनाउने छ।’

‘सेतो फूल’का लेखक आचार्यले नेपाली समाजमा रहेको छाउडी प्रथाले नारीलाई अत्यन्तै दुखद र दयनिय स्थितिमा बाँच्न विवस बनाएको बताए ।

उनले भने,‘हाम्रो समाज अझैपनि अन्धकार स्थितिमा बाँचिरहेको छ, स्वास्थ्य विज्ञानले छापडि प्रथालाई सामान्य प्रक्रिया हो भनेर प्रमाणित गरिसकेको छ, तर पनि हाम्रो यो समाजमा अन्धविश्वासले जरा गाढेको छ, यसको अन्त्यका लागि यूवाहरू जाग्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्