Logo

मध्यरातमा यस्तो ट्विट गरेर आफूलाई सच्याए निधिले



काठमाडौ ५ बैशाख । बैशाख ३१ को लागि तोकिएको स्थानीय तह निर्वाचनको सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्ने प्रमुख दायित्वकर्ता उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका अभिव्यक्तिले स्थानीय तहको निर्वाचनलाई अन्योल बनाएको छ ।

nidhi-tweet-e1492474706254

निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट देखिदै आएका निधिले निरन्तर रुपमा दिइरहेका अभिव्यक्तिका कारण निर्वाचनबारे अन्योल बढाउँदै लगेको हो । आइतबार मध्यरातमा गरेको ट्विटपछि त गृहमन्त्री निधिको नेतृत्वमा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन हुने आशंका पनि थपिँदै गएको छ ।

यसैबीच, निधिले उक्त ट्विट विवादमका परेपछि सोमबार विज्ञप्ति निकालेर आफ्नो भनाइ सच्याएका छन् ।निधीले अंग्रेजी भाषामा गरिएको ट्विटको मूल आशय ‘आन्दोलनरत मधेसी मोर्चासँग वार्ताको माध्यमबाट निर्वाचनको वातावरण बनाउन आवश्यक छ’ भन्ने रहेको प्रस्ट्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्