Logo

गुज्रियो अदालतले दिएको म्याद,माओवादीकै सल्लाहमा ढुंगेलले सिमाना काटे



काठमाडौ ५ बैशाख । सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले दिएको समयसीमा गुज्रिँदा समेत पक्राउ परेका छैनन् ।

नेता ढुंगेल अहिले गायब भएका छन् । अदालतले पक्राउ गर्न आदेश दिएपनि ढुंगेल प्रधानमन्त्री कार्यालय र सुरक्षा निकायका प्रमुखहरुसँग बेलाबेलामा देखा पर्दै आएका थिए । सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न निर्देशन दिएपछि माओवादीकै सल्लाहमा ढुंगेल भारत प्रस्थान गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।



प्रतिक्रिया दिनुहोस्